राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका शहीदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महशुस गर्छु ।अहिले ती दिनहरु सम्झिदा उदेक लाग्छ । आफूलाई सम्हाल्न धेरै नै गार्हो हुन्छ । त्यो दिन नै मेरो लागि सबैभन्दा कालो दिन हो, जुन दिन मेरो जीवनसाथी सहिद हुनुभयो भन्ने शब्द कानमा गुन्जियो । त्यसबेला म बेहोस भएछु । ४८ घण्टासम्म बेहोस भएछु । जब होसमा आए तब पार्टीका मान्छेहरु आउनु भएको रहेछ । जब उनीहरुले मलाई सम्झाउन खोजे तर पनि म सम्हालिन सकिन । उहाँको कुराहरु दिमागमा आयो– या त मुक्ति या त मृत्यु भएर सहिद हुन्छु ।’ तब मैले आफूलाई सम्हाल्न खोजे । गाउँघरमा पहिला–पहिला त छिमेकीहरुले फलानो चोर हो, ढाँट्न हिँडेको भन्ने । माओवादी यस्तै हुन्छ भन्थे । तर अलिकति बुझ्दै गएपछि राम्रो मान्छे रहेछ भन्न थाले । राम्रो गर्न हिंडेको र देश परिवर्तनका लागि हिडेको भनेर जनयुद्धकै बेला भन्न थालियो। कुनै सौतेलो व्यवहार गर्दै दाजुभाईलाई अंश नदिएर र कान्छितिरकाले राम्रो–राम्रो रोजेर घरजग्गा ओगटिरहेको र जेठी पट्टीकालाई अन्याय भइरहँदा न्याय दिलाउने काम गर्नुहुन्थ्यो । धेरै काम गर्दागर्दै उहाँ अन्तत शहीद हुनपर्यो । समाजमा सहिद परिवार भएर जीवनयापन गर्न धेरै गार्हो भइरहेको छ । किनभने एक त आफूले अभिभावक गुमाउनुपर्यो । जसरी रथको दुई प्रांग्रामा एउटा पांग्रा नहुँदा रथ चल्दैन् । त्यस्तै नै मेरो पनि उमेर कच्चा थियो । जसमा दुधे बच्चा र अर्को आठ बर्षको बच्चा हुर्काउने जिम्मेवारी थियो । त्यस्तो बेलामा एक्लै संघर्ष गरेर जिविकोपार्जन गर्न धेरै नै गार्हो भएको थियो ।
बरु म दुःख गरेर भएपनि मेरो बच्चाहरु पढाउछु, राज्यबाट पैसा लिन्न भनेर एकदमै रोए ।उहाँले मेरो माइतीतिर पनि गएर छोरा भनेपनि छोरी भनेपनि इन्दिरा मात्र हो । म छोरा हूँ, ज्वाँइ नभन्नु भनेर बुझाउनुभएको थियो । सँगैलगेर राख्छु भनेर उहाँले मेरो ममीलाई पनिसँगै राख्नुभएको थियो । घर परिवारको राम्रो सहयोग पाएको थिएँ । तर समाजको कुरा गर्दा उसको श्रीमान छैन् भनेर नराम्रो दृष्टिले हेर्ने गर्थे । कोही बुझेकाले बाहेक अरुले राम्रो सोचेका थिएनन् । तर आफ्नो महान शहीदकोद सपना पूरा गर्छु, उहाँकै नाममा जीवनयापन गर्छु भनेर कलिला छोराछोरी लिएर अहिलेसम्म बाँचिरहेको छु । राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका सहिदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महशुस गर्छु । देशका लागि भनेर आफ्नो जीवन दिनुभयो तर उहाँलाई द्वन्द्वपीडित भनेर केही राहत मात्र दिइयो । त्यो लिने क्रममा मलाई धेरै दुख लाग्यो । बरु म दुःख गरेर भएपनि मेरो बच्चाहरु पढाउछु, राज्यबाट पैसा लिन्न भनेर एकदमै रोए । पहिला अलि–अलि आर्थिक रुपमा सहयोग गरेको थियो तर अहिले त्यस्तो केही पनि छैन्। मेरो अपेक्षा के छ भने नगद नदिए पनि जति सहिद परिवारहरुको बालबच्चा छन्, आमाबुबा हुनुहुन्छ भने उहाँहरुलाई स्वास्थ्य, शिक्षा र रोजगारी दिने हो भने उनीहरुलाई बाच्ने आधार हुन्थ्यो । राज्यले यतिसम्म गरेको भए हुन्थ्यो भन्ने अपेक्षा राखेको छु । जसले देश र दुनियाँ परिवर्तन गर्नका लागि आफ्नो जीवन बलिदान दिनुभयो । उहाँलाई राज्यले एउटा द्वन्द्व पीडितको रुपमा हेर्यो । जो आफ्नो व्यक्तिगत स्वार्थका लागि अथवा कुनै आन्दोलनमा जाँदा मृत्यु भयो भने उसलाई सहिद घोषणा गर्ने काम भयो । त्यसमा छानबिन भएन भन्ने लाग्छ । यसले गर्दा वास्तविक सहिदको पहिचान भएन जस्तो लाग्छ । उहाँको व्यक्तिगत आनीबानी पनि अलिक पृथक थियो । परिवारमा जति नै दुःख भएपनि हसाउने, कथा, कविता सुनाएर मन भूल्याउने बानी थियो । सबैलाई खुशी पार्न चाहनुहुन्थ्यो । पहिले–पहिले मैंले पनि बुझिन् । सधैं छाडेर हिड्दा दुःख लाग्थ्यो तर विस्तारै बुझ्दै गएँ ।
उहाँको यस्तो स्मरण शक्ति छ कि म जति रिसाए पनि, जति गालि गरेपनि र पीडा पोखेपनि मसँग पोख । मसँग दुख पोख । अरु कोसँग गर्छौं र अझैं केही भन्न बाँकी छ मलाई नै भन । मलाई अझै गाली गर भन्नुहुन्थ्यो ।उहाँ जनयुद्धका लागि हिड्दा धेरै दुःख भने भयो । प्रमुख कुरा राज्यका मान्छेहरुले धेरै दुख दिने गर्थे । सेनाहरुले आएर घरमा राखेको चामल, खोरमा बाँधेका खसीबोका खाइदिन्थे । दिनहुँ यस्तो भएपछि म घरमा बस्दिन भनेर घुर्की लगाउँथे तर उहाँले बन्दुक बोकेर हिड् भन्नुहुन्थ्यो । तर म सक्दिन थिए । यता र उताबाट पेल्छ अनि कहाँ गएर मार्दिन्छ भनेर डर लाग्थ्यो । मेरो मुटु पनि कमजोर रहेछ । अहिले मुटुको अपरेसन गरेपछि पो थाहा भयो । उहाँको यस्तो स्मरण शक्ति छ कि म जति रिसाए पनि, जति गालि गरेपनि र पीडा पोखेपनि मसँग पोख । मसँग दुख पोख । अरु कोसँग गर्छौं र अझैं केही भन्न बाँकी छ मलाई नै भन । मलाई अझै गाली गर भन्नुहुन्थ्यो । अरुको घरमा परिवार सम्हाल्न नसकेर, बच्चा छाडेर हिड्छन तर तिमीले यत्रो संघर्ष गर्यौं । तिम्रो र मेरो संघर्ष भनेको बराबर हो । म बाहिर हिडेर गरेको छु भने तिमीले घरमा गरेको छौं । यो युद्ध भनेको तिम्रो र मेरोसँगै हो । त्यसैले मलाई जति भन्नु छ भन भन्दै सम्झाउनुहुन्थ्यो । कहिलेकाहीं त एक–डेढ वर्षसम्म पनि भेट हुँदैनथ्यो । एकचोटी भेट्दा उहाँले भनेको शब्दहरु मेरो कानमा गुन्जिन्थे । जति उहाँहरु बलिदान दिनुभयो, जीवन उत्सर्ग गर्नुभयो । त्यसको तुलनामा राज्यको तर्फबाट त्यस्तो खासै केही भएन । किनभने आफ्नो व्यक्तिगत स्वार्थको लागि हिड्नुभएको थिएन नि । उहाँहरु श्रीमती, छोराछोरी पाल्छु, धेरै कमाउँछु भनेर हिड्नु भएको होइन नि । देशको मुक्तिको खातिर केही गर्छु भनेर हिड्नुभएको हो । तर केही पाउनु भएन नि । राजयसत्ताबाट उहाँको हत्या भयो । रौतहटमा त्यो घट्ना भएको ठाउँमा पनि गए हेरें । उहाँलाई लखेट्दै लगेर मारेको ठाउँ पुगेर आए । उहाँको सम्मानलाई राज्य सत्ताले पुरा गर्न सकेको छेन् । उहाँले गर्न खोजेको कुरा पार्टीले पनि गरेन । म पार्टीलाई एउटा खबरदारी के गर्छु भने उहाँ त महान् सहिद हुनुभयो । तर जति बाँचेकाहरु छौं, उहाँहरुको संरक्षण त पार्टीले गर्नुपर्ने होइन र ? उहाँ जीवित हुँदासम्म उहाँले गर्नुभयो । आजका दिनमा अग्नि सापकोटाले बोलेका शब्दहरु सम्झिरहेको छु । सापकोटालाई देख्दा भक्कानिन्छु । माओवादीको सरकार आएपछि खास महान शहीद को हो भनेर छानविन हुन्थ्यो भन्ने लागेको थियो । सबैलाई शहीद भनेर घोषणा गर्नुभएको तर वास्तविक शहीदको पहिचान हराएको छ । आफ्नो सरकार हुँदा पनि वास्तविक शहीद पहिचान गरिदिएको भए हुने तर त्यो आफ्नै सरकार हुँदा पनि गर्न सकेन । समग्र शहीद परिवारको पक्षबाट बोल्दा केहीपनि भएको छैन् । सबै दुखी गरिबले जनयुद्ध सुरु गरेर आन्दोलन गरेर आज सत्तासम्म आइपुग्ने माहोल बनाएको किसानकै परिवारबाट हो । त्यसैले जहाँ हुनुहुन्छ । अहिलेपनि त्यही ठाउँमा हुनुहुन्छ । कसैले श्रीमान, कसैले छोराछोरी, कसैले श्रिमती गुमाउनु भएको छ । पढ्न पाउनु भएको छैन् । स्वास्थ्य सेवा पाउनु भएको छैन् । रोजगारी पाउनु भएको छैन् । धेरै शहीद परिवारहरु पीडामा हुनुहुन्छ । स्वास्थ्य, शिक्षा र रोजगारीको चाँही व्यवस्था गर्दिए हुन्थ्यो भन्ने अपेक्षा छ । वास्तबिक शहीद भनेको इतिहासका अजम्बरी शहीद हुन् । उहाँहरु कहिल्यै कहिले पनि मृत हुनुहुन्न । उहाँकाहरुको इतिहासमा कहिल्यै नाम मर्दैन उहाँहरु नै वास्तविक शहीद हुन् । किनकी उहाँहरु देश र जनताको लागि आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो। उहाँहरुलाई राज्यको उचित सम्मान र माया चाहिएको छ । रीतबहादुर खड्का(प्रताप) को जन्म वि.सं २०२८ भदौ १२ गते दोलखामा भएको थियो ।
राजयसत्ताबाट उहाँको हत्या भयो । उहाँले गर्न खोजेको कुरा पार्टीले गरेन । म पार्टीलाई एउटा खबरदारी के गर्छु भने उहाँ त महान् सहिद हुनुभयो । तर जति बाँचेकाहरु छौं, उहाँहरुको संरक्षण त पार्टीले गर्नुपर्ने होइन र ?२०३८ सालबाटै वामपन्थी राजनीतिमा लागेका उनी माओवादीको केन्द्रीय समिति सदस्य पनि थिए । उनी माओवादीको २०५७ सालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए । केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा २०५९ असार २ गते रौतहतमा उनको हत्या भएको थियो । (शहीद दिवसका अवसरमा उनकी श्रीमती इन्दिरासँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया