सुनसरी : हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत पुरुष तर्फ धरान मेघा हिमालयन र धरान उच्च सेमिफाइनल प्रवेश गरेका छन् ।
बुधवार भएको खेलमा धरान मेघा हिमालयन कलेजले धरान आदर्श कलेजलाई ३०–२३ र धरान उच्चले सुस्मा गोदावरी कलेज इटहरीलाई ३०–२१ अङ्कले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका हुन । धरान मेघा र धरान आर्दशले प्रत्येक क्वाटरमा १४–२, ६–५, ३–६ र १६–१० अङ्क जोडेका थिए ।
सोही दिन भएको पुरुष तर्फको दोस्रो खेलमा धरान उच्च र शुस्मा गोदावरीले प्रत्येक क्वाटरमा १०–४, २–५, ४–८ र १४–४ अङ्क जोडेका थिए । जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका धरान मेघा हिमालयन कलेजले विश्व आदर्श कलेज इटहरी र धरान उच्चले विष्णु स्कुल सँग फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
यसै गरी सोही दिन भएको महिला तर्फको खेलमा धरान उच्चले नस्ट कलेजलाई ४५–२ अङ्कले सहज जित निकाल्दै समूह विजेता बनेर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् ।
खेलमा धरान उच्च र नास्ट कलेजले प्रत्येक क्वाटरमा १२–२, ८–०, १६–० र ९–० अङ्क जोडेका थिए । फाइनल प्रवेशका लागि दुवै टिम एक एक खेल पराजित भइसकेका धरान मेघा र नास्ट कलेज बिच बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घले गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएको छ । बुधवारको खेल महिला तर्फ धरान उच्च र नास्ट कलेज र पुरुष तर्फ धरान मेघा र धरान आदर्श र शुष्मा कलेज र धरान उच्च बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया