पाँचथर : पाँचथरको फिदिम नगरपालिका ९ मा सञ्चालित दुई वटा विद्यालयमा अध्ययनरत १ सय ६ जना छात्र छात्रालाई जाडोमा उपयोगी हुने स्विटर वितरण गरिएको छ ।
स्विटर वितरण गरिएकामा लुम्फावुङको फेमेसुवा आधारभूत विद्यालयका ६३ र सिद्वकालि आधारभूत विद्यालयका ४३ जना छात्रछात्रा छन् ।
जिल्लामा क्रियाशील सामाजिक संस्था हाम्रो सहारा पाँचथरको आयोजना तथा चेली माइती सपिङ सेन्टर फिदिमको प्रायोजनमा यत्तिका विद्यार्थीलाई मङ्गलवार विद्यालयमा आयोजित कार्यक्रममा स्विटर वितरण गरिएको हो ।
स्विटर वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङ, फिदिम ९ का वडाध्यक्ष गङ्गाप्रसाद राई र हाम्रो सहारा पाँचथरका अध्यक्ष गजेन्द्र राई, दाताहरू भरत अधिकारी र नरेन्द्र राई सहितको उपस्थिति थियो ।
फिदिम ९ का वडाध्यक्ष गङ्गाप्रसाद राईले जाडो याममा विद्यार्थीलाई स्विटर वितरण गर्ने आयोजक र प्रायोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया