विराटनगर : श्रीजा अटोमोबाइल्स विराटनगरले आयोजना गरेको टेस्ट ड्राइभ इन एक्सचेन्ज क्याम्प अफर कार्यक्रममा ग्राहकहरूको रोजाइमा लिप मोटरको सी–टेन गाडी पर्न थालेको छ ।
आज दोस्रो दिन विराटनगरका प्रतिष्ठित उद्योगपति एवम् एसियन थाइफुड्सका सञ्चालक महेश जाजु र नेपाली कांग्रेसका युवा नेता एवम् उद्योगपति रोहित प्रसाईँले गाडी एक्सचेन्ज गरेका छन् ।
दोस्रो दिनसम्म आइपुग्दा अन्य पाँच जना ग्राहकहरूले समेत सी–टेन गाडी बुकिङ गरेको श्रीजा अटोमोबाइल्सका निर्देशक नवीन खतिवडाले बताए ।
शनिबारसम्म चल्ने अफरमा गाडी खरिद गर्दा कम्पनीले ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको कर छुट,आकर्षक एक्सचेन्ज बोनस तथा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारकोसमेत व्यवस्था गरेको उनले बताए ।
साथै लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा १० हजारको भौचरसमेत उपलब्ध गराइनेछ । उक्त भौचरका कारण सपिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
अटो मोबाइल उद्योगमा विश्वासिलो नामका रूपमा, श्रीजा अटोमोबाइल्सले ग्राहकका आवश्यकताहरूलाई सम्बोधन गर्ने सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।
साथै, टेस्ट ड्राइभ बुक गर्नको लागि कम्पनीमा सम्पर्क गर्न सकिने बताइएको छ ।
यस क्याम्पबाट विराटनगर लगायत कोशी प्रदेशका ग्राहकहरूले विद्युतीय सवारी साधनहरूको नवीनतम् प्रविधि सगँ साक्षात्कार गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो अफरहरूको फाइदा उठाउने अवसर प्राप्त गर्नेछन् ।
यो पनि – छुटको अफरसहित श्रीजा अटोमोबाइल्स विराटनगरमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ हुँदै
प्रतिक्रिया