काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला एक हजार ९ सय १५ रुपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले बढेको हो ।
प्रतिक्रिया