पाथीभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

शुक्रबार, १८ माघ २०८१
काठमाडौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथीभरा कवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् । शुक्रवार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात् पाथीभराको कवलकारको विवादको विषयमा प्रश्नहरू उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए । उनले भने, ‘बैठकमा पाथीभराको कवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’ यसको साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार