इलाम : ताप्लेजुङको पाथीभरा मन्दिरमा जाने केबलकार निर्माणको विरोध गर्दै मेची क्षेत्रको यातायात चार दिनयता ठप्प पारिएको छ । बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । स्थानीयले सास्ती बेहोर्नु परेको दुखेसो गर्न थालेका छन् ।
केबलकार निर्माणमा असन्तुष्ट पक्षले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ पुग्ने नाकाको यातायात बन्द गराएका हुन् ।
बन्दका कारण लामो र छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । प्रहरीले कतिपय गाडीलाई स्कर्टिङ गरी पास गराएको छ ।
धार्मिक आस्थाको केन्द्रमा केबरकार बन्न नदिने पक्ष र सुरक्षाकर्मीबिच माघ १२ मा झडपसमेत भएको थियो । झडपमा दुवैतर्फ घाइते भएका थिए । बन्दले आफूहरू पीडित भएको स्थानीयले दुखेसो गरेका छन् ।
यता उद्योग वाणिज्य सङ्घले समेत विज्ञप्ति जारी गर्दै सवारी खुलाउन आग्रह गरेको छ । वाणिज्य सङ्घ अध्यक्ष चेतनाथ पौडेलले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
त्यस्तै सवारी व्यवसायीले समेत बन्दको विरोध गरेका छन् । घर खर्च सञ्चालनमा समस्या भएको भन्दै यातायात मजदुरले समेत बन्दको विरोध गरेका छन् । वार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया