रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

शुक्रबार, १८ माघ २०८१
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । रास्वपा सांसदहरूले अवरोधका बिच सभामुखले बैठक अघि बढाएका हुन् । सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो । रास्वपाका सांसदहरुको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरुले भने नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार