केवलकार विवाद: कोशीमा बन्दको प्रभाव, सुरक्षाकर्मी तैनाथ

आइतबार, २० माघ २०८१
इटहरी । केवलकार खारेजी सङ्घर्षरत समूह, मुक्कुमलुङ संरक्षण संस्थाका साथै विभिन्न राजनीतिक दलहरूको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ । बन्दले खागसरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । सङ्घर्ष समितिका आन्दोलनकारीहरू सडकमा निस्किएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगायतका नारा लगाइरहेका छन् । केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा आज र भोली बन्दको घोषणा गरिएको हो । त्यसपछि पनि मागको सम्बोधन नभए अनिश्चित कालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ । यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अवस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताए । प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु तर्फ यातायात सञ्चालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरूमा सवारी सञ्चालनमा अवरोध भइरहेको अवस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अवस्था छ । के भन्छन् आन्दोलनकारी ? केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । पाथीभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए । नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ । यसले उग्र रूप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने । ‘पाथीभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार