सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, तोलाको कति ?

आइतबार, २० माघ २०८१
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार