चितवनमा बस दुर्घटना, २५ भन्दा बढी घाइते

आइतबार, २७ माघ २०८१
चितवन :  चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् । नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो । बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर पड्किएर पुलबाट तल खसेर दुर्घटना भएको जनाइएको छ । घाइतेहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी नरेश सुवेदीले जनकारी दिए । घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार