इलामबाट तीन जना बालश्रमिकको उद्धार

बुधबार, ३० माघ २०८१
इलाम : इलामको सूर्योदय नगरपलिकाबाट तीन जना बालश्रमिकको उद्धार गरिएको छ । घर तथा सडक निर्माण गर्दै गरेको स्थानबाट तीनजना बालश्रमिकको उद्धार गरिएको हो । बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको वडा नम्बर ९ र १० मा घर निर्माण गर्दै गरेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको हो । भारत बिहार घर भएका १८ वर्ष भन्दा मुनिका उनीहरूलाई उद्दार गरिएको नगरपालिकाको महिला बालबालिका तथा समाज कल्यण शाखा अधिकृत तारा शेर्पाले जानकारी दिइन् । उनका अनुसार कार्यस्थलबाट नै उद्धार गरी नगरमा ल्याएर सम्बन्धित ठेक्केदारलाई सम्झाइबुझाई छाडिएको छ । नगरपालिकाले २०७९ भाद्र २९ मा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेसँगै बालबालिकालाई श्रममा लगाएको पाइएमा उद्धार गर्दै आएको छ । महिला बालबालिका शाखाकी कर्मचारी एकमाया बोहोरा, फिक्कल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश कुमार माझी, नगर बाल सञ्जालका अध्यक्ष निर्मल गुरुङ, निवर्तमान अध्यक्ष निरोज चाम्लिङ राई, नगर प्रहरीसहितको टोली अनुगमनमा गएको समयमा बालश्रम गर्दै गरेको अवस्थामा तीनजना बालबालिकालाई फेला पारिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार