‘मुलुक खाली हुनेगरी मानिस विदेश गएका छैनन्’ : मुख्यमन्त्री कार्की

बुधबार, ३० माघ २०८१
सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुक खाली हुनेगरी मानिस विदेश गएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । मोरङको सुन्दरहरैँचामा सुन्दरहरैचा विराट एक्स्पो ४ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । ‘धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन्,’ उनले भने, ‘सरकारले त्यो वातावरण बनाइरहेको छ ।’ उनले देशमा रोजगारी पाएर नै मानिस विदेशिएको अवस्था नरहेकोसमेत बताए । भने, ‘देशमा रोजगारी पाउँदा पाउँदै मानिस विदेश जाने होइन । पछिल्लो ६ महिनामा आशाका सम्भावना बढेर गएको अवस्था छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार