इटहरी : इटहरी उपमहानगरपालिकाका १५ स्थानमा जडान गरीएको ‘हाईमास्ट लाइट’ जडान गरी सञ्चालनमा आएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले उपमहानगर परिसरमा जडान गरिएको ‘हाईमास्ट लाइट’को बिहीबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले उज्यालो इटहरी अभियान कार्यान्वयनको क्रममा रहेको बताए ।
‘उज्यालो इटहरी अभियान अन्र्तगत इटहरीका विभिन्न ठाँउमा १२ हजार भन्दा बढी सडक बत्ती जडान गरिसकिएको छ । इटहरीका सबै ठाउँ उज्यालो नहुन्जेलसम्म यो अभियान चलिरहन्छ,’ पौडेलले भने ।
इटहरीको मुख्य चोक, उपमहानगरपालिका कार्यालय परिसर, हलगडा चोक, आँपगाछी चोक, तरहरा चोक, बूढीगंगा–जमुना मुक्तिघाट, खनार चोक र एनटिभी चोकमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ ।
यस्तै, श्री जब्दी मन्दिर, उब्धी चोक, पकली चोक, पूरान चोक, हवाई चोक, मंगलबारे तथा शनिबारे बजार, पीपल चोक, आइतबारे तथा बुधबारे हटियामा ‘हाईमास्ट लाइट’ जडान गरिएको इटहरी उपमहानगरपालिकाका विद्युत शाखा प्रमुख उमेश चौधरीले बताए ।
उनका अनुसार प्रत्येक लाइट तीन सय वाट क्षमताको रहेको छ ।
पहिले जडान गरिएको सडक बत्तीको उज्यालो पर्याप्त नभएपछि इटहरीका विभिन्न चोकहरूमा उक्त लाइट जडान गरिएको उनको भनाइ छ ।
लाइटमा टाइमर राखिएको र टाइमर अनुसार रात परेपछि आफैँ लाइट बल्ने र बिहान उज्यालो भएपछि आफैँ बन्द हुने चौधरीले बताए ।
मुख्य चोकमा आठ सेट लाइट र अन्य १४ वटा ठाउँमा चार सेट लाइट जडान गरिएको छ । मुख्य चोकमा १६ मिटर अग्लो र अन्य स्थानमा १२.५ मिटर अग्लो पोलमा लाइट जडान चौधरीले जानकारी दिए ।
विराटनगरको इटन्टर ट्रेड नेपाल नामक कम्पनीसँग तीन करोड चार लाख आठ हजार तीन सय रुपैयाँमा ‘हाईमास्ट लाइट’सहित अन्य ६० वाटका चार हजार एक सय २५ वटा सेन्सर बत्ती खरिद गरेको उपमहानगरको तथ्यांकमा उल्लेख छ ।
यो पनि – ‘उज्यालो इटहरी अभियान’ : गाउँबस्तीमा जोडियो चार हजार सडक बत्ती
प्रतिक्रिया