इलाममा भूमि आयोगका पदाधिकारीद्वारा शपथ ग्रहण

विहीबार, ०१ फागुन २०८१
इलाम : भूमि समस्या समाधान आयोग इलामका पदाधिकारीले बिहीबार शपथ लिएका छन् । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत पुस २९ मा प्रकाश अधिकारीलाई इलामस्थित आयोगको अध्यक्ष नियुक्त गरेको थियो । सोही समितिका संयोजक तथा सदस्यहरूलाई एक महिनापछि शपथ गराइएको हो । विज्ञ सदस्यमा श्याम खड्गी र सदस्यहरूमा रनबहादुर लिम्बू तथा उर्मिला खड्का नियुक्त भएका छन् । अध्यक्ष अधिकारी यसअघि ७८ सालमा पनि इलाममा सोही आयोगमा साढे ६ महिना विज्ञ सदस्यका रूपमा काम गरेका थिए । त्यसपछि आयोग विघटन भएको थियो । अधिकारीले यसअघिका आयोगले गरेका कामलाई नै निरन्तरता दिने बताए । अबको आयोगले अहिलेसम्मका उपलब्धिलाई निष्कर्षमा लैजाने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार