इटहरी : सुनसरीमा अवैध रूपमा भरौट माटो उत्खनन गरेको पाइएको छ ।
अवैध उत्खनन गर्दै गरेको अवस्थामा चार वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिहीबार (आज) दिउँसो रामधुनी नगरपालिका वडा नं. ७ सेउती खोलामा अवैध उत्खनन गर्दै गरेको अवस्थामा चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
सुनसरी प्रहरीकाअनुसार को २ त ४७६९, को २ त २४२४, प्रदेश १–०४–००१ त ५१४ र प्रदेश १–००४–००१ त ९८३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
अवैध रूपमा मिक्स गिटी बालुवा लोड गर्दै गरेका ट्यक्टरहरू प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि रामधुनी नगरपालिकामा बुझाइएको छ ।
पछिल्लो समय सेउतीलगायतका खोलाबाट अवैध रूपमा उत्खनन गर्ने क्रम बढेको छ । खासगरी प्रहरी र सरोकारवालाको आँखा छलेर ठेकदार तथा व्यापारीहरूले अवैध उत्खनन गर्दै आएका छन् ।
प्रतिक्रिया