इटहरी : सगरमाथा युथ क्लब मोरङ इटहरी गोल्कडपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
खेलको २९ औँ मिनेटमा डिबक्सभित्र धरान फुटबल क्लबका प्रज्वल थापा मगरले सुशील राईलाई फल्ड गरेपछि पेनाल्टी गर्ने अवसर प्राप्त गरेको सगरमाथाका लागि कुलदीप कार्कीले गोल गरे ।
खेल अवधिभर दुवै टिमबाट गोल गर्ने अवसर प्राप्त भएपनि गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक भयो । त्यससँगै सगरमाथा युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।
खेलको म्यान अफ दि म्याच उनै कुलदीप घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र सगरमाथाबीच शनिबार इटहरी रंगशालामा फाइनल खेल हुनेछ ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
प्रतिक्रिया