'करुणा’ को लोकार्पणमा राधिका शाक्यको गुनासो : हाम्रो घर दरबार होइन

शनिबार, १० फागुन २०८१
काठमाडौँ । प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिवार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । सोही पुस्तक लोकार्पण गर्दै प्रथम महिला राधिका शाक्यले गरिब दुखीहरूका विषयहरू पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, बिहेसम्मका कुराहरू यो पुस्तका समेटिएको बताइन् । उनले भनिन्,‘म सानैदेखि गरिब दुखीहरूलाई देख्न नसक्ने खालको मान्छे थिए यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै बिहेसम्मका कुराहरू समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरू गरिरहेको छु ।’ साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको बताइन् । ‘३३ वर्ष राष्ट्र बैङ्कमा काम गर्ने मौका पाए । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौँ । हामी कति वर्ष डेरामा बस्यौँ त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा काहीकतै बाट केही गरेर लिएका छैनौँ । आफ्नै पसिना, मेहनतले घर बनाएका हौँ । यसमा भ्रष्ट्राचार गरेर मनाएको बालकोट दरबार भन्न मिल्दैन ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार