रास्वपाको आचारसंहिता लागू: आकांक्षी उम्मेदवारलाई सामाजिक सञ्जालमा प्रचार निषेध

विहीबार, २४ पुस २०८२

 काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार बन्न चाहने आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचार–प्रसार गर्न रोक लगाएको छ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले बिहीबार आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। यसअघि सामाजिक सञ्जालमा उम्मेदवारी प्रचारका सामग्री पोस्ट गरिसकेकालाई समेत ती सामग्री तत्काल हटाउन पार्टीले आदेश दिएको छ।

उपसमितिले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने केही आकाङ्क्षीले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामै सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको प्रचार गरेको देखिएको छ। यसले नयाँ तथा बाँकी आकाङ्क्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएकाले यस्ता सबै प्रचार–प्रसार गतिविधि तत्काल रोक्न र यसअघि राखिएका सामग्री हटाउन निर्देशन गरिन्छ।’

सूचनाअनुसार उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकाङ्क्षा जनाउन सादा फोटोसहित वा विना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, प्राइमरी निर्वाचनमा सहभागी हुने उम्मेदवारले प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिताअनुसार भद्र, मर्यादित र सीमित ढङ्गले प्रचार–प्रसार गर्न पाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार