एनपीएल सिजन २ का लागि एनसेल ‘पावर्ड बाई’ साझेदार, थीम: ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’

शनिबार, २२ कार्तिक २०८२

काठमाडौँ : एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । एनसेलले यस वर्ष पनि “युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल” भन्ने थीमसहित प्रतियोगितामा सहकार्य गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर १ गतेदेखि सुरु हुने एनपीएल दोस्रो संस्करण व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–२० क्रिकेट प्रतियोगिता हो । गतवर्ष पनि एनसेल यस लिगको ‘पावर्ड बाई पार्टनर’ रहेको थियो ।

एनसेलका अनुसार, नेपाली क्रिकेटसँगको निरन्तर आवद्धताले स्थानीय क्रिकेटको विकासमा सहयोग पु-याउने र खेलप्रेमीहरूलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य लिइएको छ । एनसेलको यो सहकार्यले खेलकुद र नेपाली जनतालाई जोड्ने आफ्नो कनेक्टिभिटीको दर्शनलाई पनि प्रतिविम्बित गर्ने बताइएको छ ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपङ्ग दत्तले भने,

“हालैका टी–२० प्रदर्शनले नेपालीहरूलाई गौरवान्वित बनाएको छ । क्रिकेट आज हाम्रो राष्ट्रिय गौरव र एकताको प्रतीक बनिसकेको छ । त्यसैले यस भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । एनसेलको कनेक्टिभिटीले फ्यानहरूलाई जहाँ भए पनि खेलसँग जोडिराख्नेछ ।”

यसपटक एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एप मार्फत लाइभ खेलहरू हेर्न सक्ने सुविधा पनि उपलब्ध गराउनेछ । कम्पनीले यसलाई खेल प्रतिभा प्रवद्र्धनसँगै फ्यानहरूको अनुभव अझ नजिक र रमाइलो बनाउन सहयोगी कदमका रूपमा प्रस्तुत गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनसेलप्रतिको आभार व्यक्त गर्दै भने,

“क्रिकेटको विकासका लागि एनसेलको सहकार्य निरन्तर रहनु खुशीको कुरा हो । यस्तो सहकार्यले नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन मद्दत पुर्याउनेछ । एनसेलले खेलकुद प्रवद्र्धनमा देखाएको प्रतिबद्धता सराहनीय छ ।”

एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालमा क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सहयोग गर्दै आएको छ । कम्पनीले खेलकुदलाई सामाजिक एकता र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य लिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार