अमेरिकामा आँधीका कारण २६ जनाको मृत्यु

आइतबार, १९ चैत्र २०७९
पूर्वी अमेरिकामा आएको आँधीमा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ। अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रबाट शनिबार पूर्वी दिशातर्फ बढेको भीषण आँधीले २६ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। अर्कान्सासमा कम्तिमा पाँच, इलिन्वामा चार र इन्डियानामा तीनजनाको ज्यान गएको छ। एक साताअघि मिसिसिपीमा गएको आँधीबेहरीले र त्यसले निम्त्याएको भूमरीले पनि चार सय घर ध्वस्त भएका थिए। त्यहाँ २६ जनाको ज्यान गएको छ

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार