विराटनगर । मोरङको कानेपोखरीमा आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा शनिवार बिहान काठमाडौँमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको हो । आगोले जलेर घाइते भएको १ महिनापछि उनको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
उनका अनुसार गाईलाई खोले पकाउने क्रममा गत माघ १७ गते सारीबाट सल्किएको आगोले जलेर रीता गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि विराट शिक्षण अस्पताल ल्याइएको थियो । विराटमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगियो । एसपी चिमरियाका अनुसार वीर अस्पतालमा उपचारका क्रममा शनिवार बिहान रीताको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया