पर्यटकीय पूर्वाधार विकासको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण

शनिबार, १७ फागुन २०८१
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय पूर्वाधार विकासको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार पोखराको सराङकोट धाममा निर्माण भएको विशाल पञ्चमुखी गणेश मूर्ति एवम् देवालयको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधारको विकासमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बताउनुपर्ने बताएका हुन् । उनले भने,‘पर्यटकीय पूर्वाधारको विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन स्थानिय, प्रदेश र संघ सरकारले उपयुक्त निति नियम र कानून निमार्ण गरेर प्रोत्साहन गरिदिनुपर्छ ।’ उनले देश र जनताको लागि थुर्पै काम गर्न बाकी रहेको भन्दै राष्ट्र निमार्णको महायज्ञमा जुट्न सबैलाई अपिल समेत गरे । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मानिसलाई धर्म र सस्कृतिले सुख दिने बताए । उनले अब विश्वलाई धर्म र संस्कृतितिर डोर्याउनुपर्ने बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार