हिमपातका कारण बन्द सडक अझै खुलेन

आइतबार, १८ फागुन २०८१
मुगु । १६ गते शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् । बाक्लो हिउँ जमेकोले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक बन्द भएपछि रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू अलपत्र परेका हुन् । मालसामान, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बिचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए । हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरी जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ । सडक भरी हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ । सकभर आज बेलुकीसम्म हिउँ पातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार