शिक्षक महासङ्घसँग वार्ता दिउँसो २ बजेबाट हुने

बुधबार, १७ बैशाख २०८२

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घ बिचमा आज पनि वार्ता हुदैँछ ।

हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ बजेवाट पुनः वार्ता हुन लागेको हो । सो वार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुङ्गोमा पुग्ने र सोही टुङ्गोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषद्टबा निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदवाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

यद्यपि, वार्ता जारी रहे पनि काठमाडौँ केन्द्रित आन्दोलन भने बिहान ११ बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार