घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, १७ बैशाख २०८२

काठमाडौँ :  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।

    मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।  

    अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार