थारु कल्याणकारिणी सभा सुनसरीले गर्यो पहलगाम घटनाको निन्दा, सुदीपलाई न्याय दिन माग

बुधबार, १७ बैशाख २०८२

सुनसरी : भारतको जम्मु–कश्मीरस्थित पहलगाममा  गत अप्रिल २२ मा भएको आतंकी हमलाको गम्भीर निन्दा गर्दै थारु समुदायका महत्त्वपूर्ण व्यक्तित्वहरू, सामाजिक अगुवा तथा थारु कल्याणकारीणी सभा (थाकस) सुनसरीले सार्वजनिक रुपमा विरोध जनाएको छ।

उक्त घटनामा लश्कर-ए-तैयबा नामक आतंककारी संगठनले आक्रमण गरी २८ जना निर्दोष भारतीय नागरिकहरूको ज्यान लिएको पुष्टि भएको थियो ।

थाकस सुनसरीले जारी गरेको विज्ञप्तिमा यो आक्रमण अमानवीय, विश्वासघाती र मानवताविरोधी कार्य भएको ठहर गर्दै यसप्रकारका आतंकी घटनाविरुद्ध पूर्ण एकता र प्रतिरोधको आवश्यकता रहेको बताइएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, आतंक र धार्मिक अतिवादविरुद्ध लड्न सम्पूर्ण समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने समय आएको छ। भारतका आमनागरिकमाथि भएको यस निर्मम हमलाप्रति थाकसले गहिरो दुःख व्यक्त गर्दै भारत सरकार र जनतालाई ऐक्यबद्धता प्रकट गरेको छ। साथै, उक्त घटनामा मारिएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

यो घटनामा ज्यान गुमाएका मध्ये नेपाल बुटवलका सुप्रिया न्यौपानेका परिवारका सदस्य सुदीप न्यौपाने पनि परेका छन्। एक नेपाली नागरिकले अन्तर्राष्ट्रिय आतंकी घटनामा ज्यान गुमाउनु दुःखदमात्र नभई राष्ट्रिय चासोको विषय पनि भएको भन्दै थाकस सुनसरीले सुदीप न्यौपानेलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। यस विषयमा जनस्तरबाट पनि दबाब सिर्जना गर्नुपर्ने देखिएको भन्दै थाकसले विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो।

विज्ञप्ती अनुसार विरोध कार्यक्रम यही २०८१ साल वैशाख १६ गते सोमबार गरिनेछ । कार्यक्रममा आतंकी क्रियाकलाप, धार्मिक अतिवाद र लश्कर-ए-तैयबाजस्ता संगठनविरुद्ध ऐक्यबद्ध आवाज उठाइनेछ। सुदीप न्यौपानेका लागि न्यायको माग गरिनेछ। विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण संघ, संस्था, बुद्धिजीवी, राजनीतिक दलहरू, नागरिक समाज तथा आम जनतासमक्ष थाकसले अनुरोध समेत गरेको छ।

WhatsApp Image 2025-04-30 at 9.31.25 AM (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार