इटहरी : इटहरी–२०,तरहरामा रहेको पूर्वाञ्चल माध्यमिक विद्यालयका छात्र सौरभ दाहालले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए हासिल गरेका छन्।
विद्यालयका प्रिन्सिपल सौधन राईका अनुसार,विद्यालयबाट यस वर्ष ७६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए,जसले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्।
'उत्कृष्ट पठनपाठनसँगै नैतिक शिक्षामा पनि जोड दिँदै आएको विद्यालयले यस वर्ष पनि गुणस्तरीय नतिजा दोहोर्याएको छ,' प्रिन्सिपल राईले बताए।
अघिल्लो वर्षको एसइईमा पनि सम्पूर्ण विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको थियो। विद्यालयले निरन्तर उत्कृष्टता कायम राख्दै आएको बताइएको छ।
प्रतिक्रिया