काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिको प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। प्रदर्शनकारिहरूको आक्रोशलाई रोक्न प्रहरीले हस्तक्षेप गर्दा झडप उत्पन्न भएको हो।
झडपको क्रममा नेपाल प्रहरीका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र हाल सिभिल अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी, झडपमा १२ प्रदर्शनकारी पनि घाइते भएका छन्। घटनामा संलग्न अन्य विवरणहरू अनुसन्धान भइरहेको छ, र सुरक्षा स्थिति सामान्य बनाउन प्रहरीले थप पहल गरिरहेको बताइएको छ।
प्रतिक्रिया