सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकरात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

बुधबार, १७ बैशाख २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन् । 


बुधबार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु आएको बताए । 


उनले भने, 'आजको बैठक राष्ट्रपतिको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२, ८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो । सत्ता सहयात्री दलहरुले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नु पर्ने मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको छ ।'


यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्ने सुझाव आएको पनि बताए ।


उनले भने, 'युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उनीहरुमा उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्छ भन्ने सुझाव पनि आएको छ । अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने अनावश्यक र फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्य क्षमतालाई बढाउने कुराहरु पनि आएको छ ।'


उनले शिक्षकहरुसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको भन्दै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमती भएर भोलीदेखि सहज तरिकाले पठनपाठन हुने वातावरण निर्माण हुने बताए ।
विगतको भन्दा राम्रो र परिवर्तन गर्न सक्ने खालको नीति तथा कार्यक्रम आउने र बजेटलाई त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको उनको भनाई छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार