सरकारसँग ९ बुँदे सहमति भएपछि शिक्षकको आन्दोलन फिर्ता, भोलिदेखि विद्यालय फर्कने

बुधबार, १७ बैशाख २०८२

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरूबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरूले जारी आन्दोलन फिर्ता लिएका छन्।

सहमतिका बुँदाहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका सबै कार्यक्रमहरू औपचारिक रूपमा रोकिएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

मन्त्री पन्तका अनुसार आन्दोलन स्थगनसँगै बिहीबारदेखि विद्यालयहरूमा नियमित पठनपाठन तथा विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार