गृह मन्त्रालयद्वारा सात सहसचिवको सरुवा, ६ जनालाई सीडीओको जिम्मेवारी

विहीबार, २२ फागुन २०८१
काठमाडौँ : गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार ६ जनालाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ। सरुवामा परेका ७ जनामध्ये रामकृष्ण अधिकारीलाई नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएको छ भने शशीधर घिमिरेलाई नुवाकोटको सीडीओ बनाइएको छ। त्यस्तै, धर्मराज जोशी बाँके, विनोद कुमार खड्का रौतहट, दिव्यराज पोखरेल सङ्खुवासभा, नरहरि घिमिरे खोटाङ, र विजयराज सुवेदी ओखलढुंगाका नयाँ सीडीओ भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार