इटहरी : इटहरी उपमहानगरपालिका–२०, तरहरामा निर्माणाधीन घरको छतबाट लडेर प्रहरी सहायक निरीक्षक (असई) प्रेम कटवालको ज्यान गएको छ। आइतबार बिहान साढे ७ बजे पानी हाल्ने क्रममा चिप्लिएर लडेका कटवाललाई गम्भीर अवस्थामा अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनी आफ्नै दुईतले निर्माणाधीन घरको छतमा पानी हाल्दै गर्दा लडेका थिए। लडेपछि उनी क्रंकीट र पानीको नालामा परेका थिए। घटनापछि तत्काल प्रहरी टोली पुगेको थियो।
४५ वर्षीय कटवाल हाल धनकुटामा कार्यरत थिए। केही दिनअघि मात्रै छुट्टीमा घर आएका उनी एक श्रीमती र दुई छोरीका अभिभावक थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया