काठमाडौं : गायिका एलिना चौहान आफ्नो गायकीका कारणमात्र नभइ व्यक्तिगत कुराले पनि चर्चामा रहन्छिन् । अहिले त एलिनासंगै अर्की गायिका समिक्षासमेत सामाजिक सञ्जालमा एक्सपोजर अभियान चलाएर थप चर्चित भएका छन् ।
यसैबीच, यहि विषयलाई लिएर गायिका एलिनाले एउटा अन्तर्वार्तामा आफू र पूर्व श्रीमान् विष्णु सापकोटासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरेकी छिन् ।
उनले विष्णुले पहिलो पटक आफूलाई हात उठाएको कुरा अहिलेसम्म पनि बिर्सन नसकेको बताएकी छिन् । गायिका चौहानले आफूमाथि सापकोटाले पहिलो पटक हात उठाउँदा आफू मरे बराबर भएको, सबैभन्दा चोट लागेको, जीवनभर बिर्सन नसक्ने भएको तथा अहिले पनि त्यो कुटाइको आवाज कानमा गुञ्जने बताएकी छिन् ।
एलिनाले भावुक हुँदै त्यो क्षणले जीवनमा अति नै दुःखी बनाएकोसमेत बताएकी छिन् । उनले महिलामाथि भएको हिंसाको बारेमा सुन्दामात्रै पनि आङ जिरिङ्ग हुने, वैवाहिक समारोह तथा विवाहको बाजाले नै आफूलाई डर लाग्न थालेकोसमेत बताएकी छिन् ।
यद्यपि, अहिले एलिना आफ्नो जीवनमा निकै अगाडि बढिसकेकी छिन् । उनले अहिले आफूलाई गालीगलौच र अश्लिल शब्द प्रयोग गर्नेहरुका लागि एक्पोजर अभियान चलाएर साहसिक काम गरेर महिलामा एउटा प्रेरणादायी काम गरेकी छिन् ।
प्रतिक्रिया