सर्वोच्चका शाखा अधिकृत विष्ट थप तीन दिनका लागि हिरासतमा

आइतबार, २१ बैशाख २०८२

काठमाडौं : सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीको पक्राउका लागि पत्र जारी गरेपछि विवादमा तानिएका विष्टलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो।

यसअघि गत शुक्रबार अदालतले उनलाई चार दिन हिरासतमा राख्ने अनुमति दिएको थियो। सो अवधिमा प्रारम्भिक अनुसन्धानपछि अब तीन दिन थप समयको लागि हिरासतमा राख्न अनुमति दिइएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार