इन्लाइटनले अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेष जानकारी सत्र आयोजना गर्ने

मंगलबार, २३ बैशाख २०८२

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका नेपाली विद्यार्थीहरूका लागि एक विशेष जानकारी सत्र आयोजना गर्ने भएको छ।

इन्लाइटनले आगामी मे ८ बिहीबार काठमाडौंको बागबजारस्थित आफ्नै परिसरमा एक विशेष जानकारी सत्र आयोजना गर्न लागेकाे हाे । यस सत्रमा अमेरिकाको वेबस्टर विश्वविद्यालयका एसोसिएट डाइरेक्टर सैयद जाहिदुन नबीले अमेरिकाको अध्ययन अनुभवबारे प्रत्यक्ष जानकारी गराउनेछन् । साे क्रममा विद्यार्थीहरूले अमेरिकाको शैक्षिक प्रणाली, वेबस्टर विश्वविद्यालयमा उपलब्ध विभिन्न कार्यक्रमहरू, भर्ना प्रक्रिया र छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् ।

साथै अमेरिकामा अध्ययन गर्दाको अनुभव, त्यहाँको जीवनशैली र भविष्यमा करियरका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाउनुका साथै विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीहरूले आफ्ना जिज्ञासाहरू पनि राख्न सक्नेछन्।

अमेरिकामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई सही मार्गदर्शन दिने उद्देश्यले इन्लाइटनले यो सत्र आयोजना गरेको जनाएको छ। यो कार्यक्रम विशेषगरी संयुक्त राज्य अमेरिकामा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि फलदायी हुने विश्वास लिइएको छ।

इच्छुक विद्यार्थीहरूले उक्त जानकारी सत्रमा सहभागी हुनका लागि आफ्नो नाम दर्ता गराउन सक्ने बताइएकाे छ ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार