प्रदेश खबरका अध्यक्ष अधिकारीका पिताको निधनप्रति कांग्रेसले गर्यो दु:ख व्यक्त

मंगलबार, २३ बैशाख २०८२

इटहरी : नेपाली कांग्रेसले पार्टी केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य पवन अधिकारीका पिता स्व.इन्द्रलाल अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

यस अनलाइन पत्रिकाका अध्यक्ष समेत रहेका नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष अधिकारीका पिताको वैशाख १७ गते इटहरीस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा निधन भएको थियो । 

वि.सं. १९९६ सालमा भोजपुरमा जन्मिएका इन्द्रलाल अधिकारीले लामो समयदेखि नेपाली कांग्रेसप्रति निष्ठा राख्दै लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक अनुशासित, निष्ठावान् र सङ्घर्षशील व्यक्तित्वको गुमाएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा अधिकारीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

यस्तै स्व.अधिकारीको निधनप्रति नेपाल प्रेस युनियनले पनि दुःख व्यक्त गरेको छ । प्रेस युनियन केन्द्रीय समिति, कोशी प्रदेश समिति र सुनसरी शाखाले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित अधिकारीको निधन आफ्नै निवासमा भएको हो ।

May be an image of tree and text

May be an image of text that says 'च.जं. पत्र सख्या नेपाल प्रेस युनियन केन्द्रीय समिति मिति मिति:२०८२०११८ मिति: शोक विज्ञप्त नेपाल प्रेस युनियन सुनसरी शाखाका पूर्व अध्यक्ष पवन अधिकारीका पिता इन्द्रलाल अधिकारीको निधन भएको दुःखद् खबरले नेपाल प्रेस युनियन केन्द्रीय सर्मिति परिवार स्तन्ध भएको छ इटहरी उपमहानगरपालिका- सुनसरी निवासी ८६ वर्षीय पिता अधिकारी मिती २०८२ वैशाख १७ गते स्वर्गारोहण हुनुभएको हो उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित हुनहुन्थ्यो दिवंगत आत्माप्रति हार्दिक श्रद्धानजली अर्पण गर्दै चिरशान्तिको कामनासहित शोकसन्तप्त अधिकारी परिवारप्रति नेपाल प्रेस युनियन समवेदना प्रकट गर्दछ। साथै अधिकारीका परिवारजनलाई धैर्यधारण गर्ने शक्त्क प्रकृतिले प्रदान गरून् भल्ने कामना गर्दछों। दिलीप पौडेल महासचिव'

May be an image of text

May be an image of text

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार