अमेरिकी स्वतन्त्रता दिवसमै मस्कले बनाए नयाँ पार्टी, अमेरिकाको राजनीतिमा तरंग

आइतबार, २२ असार २०८२

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् । यसले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।

मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन् । मस्कले भनेका छन्– आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् ।

मस्कले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे । मस्कले आफ्नो पोस्टमा भनेका छन्– ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्रेट) एउटै हुन् । अब देशले २ दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनुपर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार