सुधार केन्द्रमा यातना प्रकरण : प्रहरीले ग¥यो सोधपुछ

सोमबार, २२ बैशाख २०८२

रौतहट । सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले संचालक संग सोधपुछ गरेको छ । 


गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संचालक संग सोधपुछ गरेको हो । 


जिल्ला प्रहरी कार्यलय रौतहटका  सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ घर भएका सुधार केन्द्रका संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको बताए । 


उनका अनुसार प्रारम्भीक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ । यो भिडियो करिव ८ महिना पूरानो भएको खुलेको हो उनले भने यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ । 


प्रहरीले सुधार केन्द्रमा रहेका ८ जनालाई सोधपुछ गर्दा हाल यहा यस्ता किसिमका घटना नभएको बताएको डिएसपी रायले बताए ।


कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको र अहिले कुट्ने र कुटिने दुवै जना छैन उनले भने ।कुटाइखाने व्यक्ति गौरका रितेशकुमार यादव भएको र के कारणले कुटपिट गरेको भन्ने अहिलेसम्म नखुलेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार