लोडसेडिङ हटाएको श्रेय कुलमानलाई होइन, भारतलाई दिनुपर्छ: उर्जामन्त्री खड्का

विहीबार, २२ फागुन २०८१
काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङको अन्त्यका लागि श्रेय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभएर भारतलाई दिनुपर्ने बताएका छन्। बिहीबारको संसद् बैठकमा, उनले लोडसेडिङको अन्त्य भारतको सहयोगबाट भएको उल्लेख गर्दै सांसदहरूलाई भ्रममा नपर्न आग्रह गरे। उनले भने, "लोडसेडिङ कुलमानले अन्त्य गरेको होइन, यो भारतको कारणले अन्त्य भएको हो।" खड्काले २०७५ सालमा नेपाललाई ४२५ मेगावाट विद्युतको आवश्यकता थियो र भारतबाट ४५० मेगावाट विद्युत ल्याएर लोडसेडिङ समाप्त गरिएको बताएका छन्। "कुलमान घिसिङलाई नायकको रूपमा प्रस्तुत गरिएको छ, तर लोडसेडिङ भारतको सहयोगले अन्त्य भयो," उनले थपे। उनले भने, "हामीलाई विद्युत उपलब्ध गराइदिएकोमा भारतलाई धन्यवाद दिनुपर्छ, र लोडसेडिङको श्रेय भारतलाई जानु पर्छ।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार