एमाले मोरङको मतगणना जारी, इतर पक्ष अगाडि

विहीबार, २२ फागुन २०८१
विराटनगर : नेकपा (एमाले)मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणना जारी छ । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानको मतगणना जारी रहेको छ । प्रारम्भिक नजिताअनुसार इतर पक्षका अजम्बर राई १८ मतले अगाडि रहेका छन्। हालसम्म एक सय ८८ मत गणना भइसकेको छ । जसमध्ये राईले ९८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ८४ मत पाएका छन् । उपध्यक्षमा पनि इतर पक्षकै सागर थापा अगाडि छन् । उनले ९८ मत पाउँदा प्रतिस्पर्धी शान्तीकुमारी लिम्बूले ७७ मत ल्याएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले ९६ र संस्थापन पक्षका रविन थापाले ७८ मत ल्याएका छन् । उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले १ सय ५ र ईजालाल राजवंशीले ६८ तथा उषा झाले ९३ र शिल्पा निराला कार्कीले ८३ मत प्राप्त गरेका छन् । मतदानमा कुल आठ सय ८८ मत खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार