विश्वकप : नेदरल्याण्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा

आइतबार, १८ मंसिर २०७९
कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३ १ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । यता अष्ट्रेलियालाई २ १ गोल अन्तरले परनजित गर्दै अर्जेन्टिना पनि अन्तिम ८ मा प्रवेश गरेको छ । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । दोहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । यता करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए । विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो । लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । अब अन्तिम ४ मा प्रवेश गर्नका लागि अर्जेन्टिना र नेदरल्याण्ड्स खेल हुने छ ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार