महासंघमा युवा उद्यमी बस्नेतको उम्मेदवारी

मंगलबार, २१ चैत्र २०७९
  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमको अध्यक्षको जिम्मेवारी पाएका उनले राम्रो सक्रियता देखाएका थिए । उनले धेरै राष्ट्रहरुसँगको व्यापार र नेपालको सम्बन्ध सुधार तथा सहकार्यको लागि महासंघको तर्फबाट लबिङ गरेका थिए । जाम्बियाको लागि वाणिज्य दूतसमेत भएर काम गरिसकेका बस्नेतले नेपालमा राम्रो व्यवशायिक वातावरण निर्माण गर्नको लागि भूमिका खेल्ने प्रतिबद्धताका साथ उम्मेदवारी घोषणा गरेका हुन् । ‘निर्वाचित भएर गएपछि मैले मुलतः हाम्रो निर्वाचित अध्यक्ष र टिमले दिएको जिम्मेवारीअनुसारको काम गर्ने हो,’ उनले भने, ‘त्यसो गर्दै गर्दा म नेपालमा राम्रो व्यशायिक वातावरण बनाउन र व्यवशायिहरुका साझा मुद्धामा प्रतिबद्ध भएर लाग्नेछु ।’ उनले नेपालको औद्योगिक तथा व्यवशायिक विकासका धेरै सम्भावनाहरु रहेको बताउँदै त्यसको लागि सरकार, आम नागरिक, देश तथा विदेशका संघसंस्थाहरुसँग सहकार्य गरेर जानुपर्ने बताएका छन् । एबी होल्डिङ्स नामक कम्पनिका सञ्चालक बस्नेतले होटल तथा स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गर्दै लगेका छन् । काठमाडौ र इटहरीमा क्रमशः मक्र्युअर होटल र ग्राण्ड सेन्ट्रल होटल नामक दुई पाँच तारे होटल निर्माणाधिन छ । आउँदो वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस्तै गोरखामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा होटल, इटहरीमा ईँटा उद्योगलगायत विभिन्न व्यवशाय सञ्चालन तथा निर्माणको क्रममा छन् । कम्पनिले शिक्षा, स्वास्थ्य, प्रविधि र ऊर्जाको क्षेत्रमा पनि रिसर्च गरी लगानी गर्नको लागि योजनाका साथ केहीमा हात हालिसकेको छ भने केहीमा तयारी थालेको छ । कम्पनिले विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनि सञ्चालनमा ल्याएको छ भने पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबी इन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनिले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार