इटहरी : इटहरीमा युवाहरूलाई संसद र संसदीय प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्नका लागि नमुना युवा संसद प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्यदीप संस्थाको आयोजनामा इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोग, २, ५, ९ वडा कार्यालयका साथै भ्वाइस अफ चिल्ड्रेन सुनसरी, कस्तुरी कलेज र कोसी सेन्ट जेम्स कलेजको सहकार्यमा संसद कार्यक्रमको आयोजना गरिएको हो ।
दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि विविध पृष्ठभूमिका युवाहरूलाई सशक्तीकरण र परिचालन गर्नका लागि लक्ष्यदीपले कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ ।
तीन दिनसम्म चलेको प्रशिक्षणमा कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठको विशेष आतिथ्ययतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया