काठमाडौँ : भारतको प्रगति मैदानमा ४ देखि ८ मार्च २०२५ सम्म आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर “आहार” सफलता पूर्वक समापन भएको छ।
यस ट्रेड फेयरमा नेपालबाट पहिलो पटक सहभागी भएको काबरा ग्रुपले आफ्नो क्वालिटी पूड एण्ड स्न्याक्स प्रा.लि., क्वालिटी पूड्स नेपाल प्रा.लि. र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रा.लि. का लोकप्रिय उत्पादनहरू—बिस्कुट, स्न्याक्स र नूडल्सहरू प्रदर्शन गरेको थियो।
यस ट्रेड फेयरको प्रदर्शनीमा काबरा ग्रुपका उत्पादनहरूले आकर्षक ढंगले स्थान बनाएका थिए। बिस्कुट, नूडल्स र स्न्याक्सहरूको आकर्षक प्याकेजिङ र नौलो स्वादले प्रदर्शनी स्थलमा रहेका अवलोकनकर्ताहरूको ध्यान आकर्षित गर्यो। केटाकेटीदेखि लिएर युवा, प्रौढ र वृद्धहरूसम्मका ग्राहकहरूले काबरा ग्रुपका उत्पादनप्रति उत्साह देखाएका थिए।
ग्रुपका उत्पादनहरूको लागि स्थानीय तथा तेस्रो मुलुकका व्यवसायीहरूको उत्साहजनक उपस्थितिका साथै व्यावसायिक सोधखोज, छलफल र अन्तरक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको थियो।
भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सका लागि प्रस्ताव पेश गरेका थिए भने तेश्रो मुलुकका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि प्रस्तावहरू प्रस्तुत गरेका थिए।
काबरा ग्रुपका निर्देशक सिद्धार्थ काबरा र मिलिन्द काबराले यस ट्रेड फेयरमा प्राप्त सफलतासँगै आफ्नो उद्योगको विस्तारको लक्ष्य तय गरेका छन्। काबरा ग्रुपले आगामी वर्षहरूमा २०० करोड रुपैयाँभन्दा माथिको निर्यात गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया