इटहरीका एमाले नेता राईको निधन

मंगलबार, २७ फागुन २०८१
इटहरी : इटहरीका एमाले नेता राजकुमार राईको निधन भएको छ । इटहरी २० निवासी राईको ७२ वर्षको उमेरमा सोमबार राति ९ः३० बजेतिर वराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । किड्नी र नसा सम्बन्धी रोगबाट ग्रसित उनी करिब एक सातायता अस्पताल भर्ना भएका थिए । राईको पार्थिव शरीरलाई आज (मंगलबार) बिहान इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा राखेर श्रद्धाञ्जलीसभा आयोजना गरिने तयारी छ । श्रद्धाञ्जलीसभापछि पानीपिया जंगलमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट इटहरी २० को वडाध्यक्षको उम्मेदवारसमेत रहेका राईले यसअघि विभिन्न संस्थामा आवद्ध भई नेतृत्व प्रदान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार