लगातार सातौं दिन पनि घट्यो नेप्से

मंगलबार, २७ फागुन २०८१
काठमाडौं : साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा कायम भएको हो । यस सदन  नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ६५ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ५३ करोड ३६ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन महालक्ष्मी विकास बैंकको ४३ करोड ३४ लाख १७ हजार रुपैंया, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३७ करोड २८ लाख ४६ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ४७ लाख १ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार