सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ११ हजार

बुधबार, २२ चैत्र २०७९
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । चैत ५ गतेको आफ्नै रेकर्ड तोड्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ । चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार