सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ४ हजारले बढ्यो

शुक्रबार, ०१ चैत्र २०८१
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको हो। यसअघि बुधबार प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो। बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएन। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार