काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया